उपराष्ट्रपति परमानन्द झाद्वारा दलहरु सत्ता प्राप्तीका लागि केन्द्रीत भएकाले देशको मुख्य मुद्दा संविधान निर्माण प्रक्रिया ओझेलमा परेको उल्लेख

इलाम – उपराष्ट्रपति परमानन्द झाले दलहरु सत्ता प्राप्तीका लागि केन्द्रीत भएकाले देशको मुख्य मुद्दा संविधान निर्माण प्रक्रिया ओझेलमा परेको बताउनुभएको छ ।


निजी भ्रमणका लागि इलाम पुग्नुभएका झाले आज सचारकर्मीसँग कुरा गर्दै राजनीतिक दलले संविधान सभाको आढाइ बर्षको समय काम नै नगरी खेर फालेको बताउनुभयो ।


बाँकी ६ महिनाको समयमा संविधान निर्माणको कार्य सम्पन्न नहुने उहाँले बताउनुभयो । झगडामात्र नगरि जनताले दिएको म्याण्डेड अनुसारको काम गर्न उहँाले दलहरुलाई आग्रह गर्नुभयो । उपराष्ट्रपति झाले देशमा राष्ट्रपति शासन लाग्ने संभावना नरहेको बताउनुभयो ।