मौकामा चौका:पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राजधानीमा राप्रपा नेपाल ले प्रदशन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(नेपाल)ले पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरोधमा बुधबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा बबरमहलस्थित आयल निगम अगाडि प्रदर्शन गरिएको हो ।


बिहान ९ बजेदेखि ११ बजेसम्म निगमको कार्यालय अगाडि गरिएको प्रदर्शन र घेराउले निगमको कामकाज प्रभावित भएको थियो । तीन दिन भित्र मूल्यवृद्धिको निर्णय फिर्ता नलिए मुलुकभर आन्दोलनको कार्यक्रम गरिने राप्रपा नेपालल चेतावनी दिएको छ । मूल्यवृद्धिको विरोधमम विद्यार्थीहरु पनि आन्दोलित भएका छन् ।


निगमले सोमबारबाट लागु हुने गरी खाना पकाउने ग्यास प्रति सिलिण्डरमा ७५ रुपैयाँ,मट्टितल,डिजेल र पेट्रोलमा प्रति लिटर ३/३ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।