नेपाली शान्ति सैनिकले हाइटीमा हैजा फैलाएः फ्रान्सेली अध्ययन प्रतिवेदन/झुटा आरोप नेपाली सेना


 

फ्रान्सेली विज्ञ रेनाउड पियरक्सले गरेको अनुसन्धानको नतिजाले मध्य हाइटीमा रहेका नेपाली शान्ति सैनिकहरु नै त्यहाँ हैजा फैलिनुमा दोषी रहेको समाचार सार्वजनिक भएपछि नेपाली सेनाले त्यसको निन्दा गरेको छ।

नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले प्रमाणबिनाको आरोप भन्दै निन्दा गरेका छन्।


पियरक्स अनुसन्धानको प्रतिवेदन सार्वजनिक भइसकेको छैन तर नाम उल्लेख गर्न नचाहने स्रोतले एएफपीलाई नेपाली सेना रहेको शिविरबाट नजिकैको नदीमा फ्याँकिएको फोहर नै हैजा संक्रमणको स्रोत भएको ठोकुवा गरेका छन्।


यसअघि हाइटीस्थित राष्ट्रसंघीय मिसनका प्रमुख एडमन्ड मुलेटले कुनै पनि शान्ति सैनिकमा हैजाको जीवाणु नभेटिएको पुष्टि गरेका थिए।हाइटीमा नेपालका एक हजारभन्दा बढी सैनिक र प्रहरी छन्। गएको महिना विरोध प्रदर्शनका क्रममा कम्तिमा दुई जनाको मृत्यु भएपछि उनीहरुलाई विशेष सुरक्षा प्रदान गरिएको छ।