पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा प्रदशन गर्ने क्रममा प्रहरी नियन्त्रणमा रहेका आफ्नो सहकर्मी रिहाइको माग गर्दै विद्यार्थीले चावहिल स्थित पशुपति क्याम्पस अगाडि प्रर्दशन गरिरहेका छन् । साथै हामीलाई देशका अन्य जिल्ला बाट त्यहा स्थित प्रतिनिधिहरुले जनाए अनुसार चौतर्फी बिरोध गरिएको छ ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको बिरोधमा उत्रिएका विद्यार्थीसँग मंगलबार भएको झडपमा प्रहरीले स्ववियु उपसभापति सहित ९ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले बुधबार अपरान्ह्र सम्म रिहाई गर्ने जनाए पनि अझैसम्म नियन्त्रणमा राखेको भन्दै विधार्थीले प्रर्दशन गरेका हुन् ।
यसैबीच ग्यास विक्रेता महासंघले बबहरमल स्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । बिहान १० बजे सुरु घेराउ कार्यक्रम मध्यान्ह्र १२ बजे सम्म जारी रहने महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जानकारी दिए ।
यसैगरी, पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा पाल्पाका विद्यार्थी संगठनले बिहीबार बिहानैदेखि तानसेन-तम्घास सडक अवरुद्ध पारेका छन् । उनीहरुले सरकार र आयल निगम विरुद्ध चर्को नाराबाजी गर्दै सडक अवरुद्ध पारेका हुन् । विरोध स्वरुप विद्यार्थीले रातो ग्यास सिलिण्डर उल्टो पारी दाउरा बालेर सडकमा प्रर्दशन गरेका थिए । प्रर्दशनमा स्थानीयबासी र व्यापारी पनि सहभागी थिए ।
माओवादी तथा नयाँ साना सात दल द्वारा मूल्य वृद्धि फिर्ता लिन माग
यसै बिच माओवादी तथा नयाँ साना सात दल द्वारा मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ ।
माओवादी प्रवत्ता दिनानाथ शर्माले बिहीबार विज्ञप्ती जारी गरी मूल्य वृद्धि अपरदर्शी भएको भन्दै फिर्ता लिन माग गर्नु भएको छ । उसले सरकारले तत्काल मूल्य वृद्धि फिर्ता नलिए सडक आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
इन्धनको मूल्य वृद्धि गरिँदा त्यसले पारबहन भाडा र दाल, चामल, नून लगायतका उपभोग्यवस्तुको मूल्यसमेत बढ्न गई समग्र दैनिक जनजीवन नै अस्तव्यस्त हुन जान्छ । त्यसकारण मूल्य वृद्धि फिर्ता लिई पेट्रोल, मटितेल, डिजेल र ग्यास पुरानै मूल्य कायम गर्न जोडदार माग गर्दछ ।