कञ्चनपुरको झलारी गस्तीमा गएको टोलीका सिपाही हत्याधुनिक हतियार सहित फरार

महेन्द्रनगर – नेपाली सेनाको चण्डी प्रसाद गण अन्तरगत कञ्चनपुरको झलारी गाविसमा रहेको अर्जुनी ब्यारेक (गुल्म) बाट बिहीबार बिहान गस्तीमा गएको टोलीका एक सिपाही हत्याधुनिक हतियार र त्यसमा लाग्ने हतियार सहित भागेका छन् ।

गस्तीमा गएका सिपाही दिपक शाही आफ्नो निजी हतियार एम १६ राइफल र त्यसको केही राउण्ड गोली सहित फरार भएका हुन् ।

उक्त गु्ल्म शु्क्लफाट आरक्षको सुरक्षार्थ तैनाथ गरिएको  हो । हतियारसहित सिपाही भागेपछि नेपाली सेना, सश‍स्त्र प्रहरी बल र नेपाल प्रहरीले उनको व्यापक खोजी गरिरहेको छ ।

राजधानीमा सैनिक जनसम्पर्क निर्देनालयका अधिकारीले घट्ना सम्बन्धमा छानविनका लागि सुदूरपश्चिम प्रितनाले समिति गठन गरेको जनाएको छ ।