पूर्व सांसदहरुको दुई दिने प्रथम राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु

काठमाडौ – पूर्व सांसदहरुको संस्था पूर्व सांसद मञ्च, नेपालको दुई दिने प्रथम राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै छ । भेलामा शान्ति र संविधानसम्बन्धी छलफल हुने मञ्चले जनाएको छ ।


राष्ट्रय भेलाको आज राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । भेलामा ७५ वर्ष उमेर नाघेका १८ जना सांसदहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।


यसैगरी शान्ति र संविधानका विषयमा अलग अलग अवधारणा राखेर छलफल गर्ने कार्यक्रम रहेको मञ्चका अध्यक्ष तारानाथ रानाभाटले जानकारी दिनुभएको छ ।