राष्ट्रिय भूमि अधिकार मंचद्वारा आयोजित धर्नामा उनीहरु रातमा पनि गेट अगाडि सुत्दै बिहान १० बज्न नपाउँदै धर्ना दिईरहेका छन् । उनीहरुले ३ दिन देखि नै धर्ना दिईरहेका हुन् ।
जनमुखी भूमि ऐन लागू गर्नु पर्ने, उखडा जग्गा दर्ता, गाउँ ब्लक जग्गा नापी र मोही जग्गा दर्ता गर्नुपर्ने लगायतका १० सुत्रीय माग लिएर धर्नामा बसेका छन् । विभिन्न माग लेखिएका प्ले कार्ड, ब्यानर, पोष्टर लिएर महिला, बृद्ध र यवबाहरु धर्नामा बसेका छन् । उनीहरु धर्ना स्थलमा आफैं खाना पकाएर खाने गरेका छन् ।
आफूहरुको माग संवोधन नगरे सम्म राति चिसो टिडीमा बसेर भए पनि धर्ना दिईरहने राष्ट्रिय भूमि अधिकार मंचका कार्यबाहक अध्यक्ष अशोक हरिजनले बताए ।
पिडितको माग केन्द्रमा जानकारी गराईएको बताउँदै मंगलबार जिल्लामा क्रियासिल दलका प्रतिनिधिहरुलाई कार्यालयमा बोलाएर छलफल गरी उनीहरुको माग ध्यानाकर्षण गराउने निमित्त प्रमुख मालपोत अधिकृत गिरिधारी सुवेदीले बताए ।



