बाँके – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले आगामी पुस ४ गतेदेखि सुरु हुने व्यवस्थापिका- संसदको अधिवेशनमा रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा निर्विरोध घोषणा गराउन पार्टीले प्रस्ताव गर्ने बताउनुभएको छ ।
नेपाल वित्तीय कर्मचारी सङ्घ नेपाल बैंक लिमिटेडको सातौँ राष्ट्रिय महाधिवेशनको आज नेपालगन्जमा उद्घाटन गर्दै महामन्त्री सिंहले पौडेललाई निर्विरोध घोषणाको प्रस्ताव स्वीकृत हुने विश्वास व्यक्त गर्नुभयो ।
महामन्त्री सिंहले वित्तीय संस्थाले जनहितमा समर्पित भएर पारदर्शी तरिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो ।सम्मेलनमा १५२ जना प्रतिनिधि सहभागी छन् ।