गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस शाहले दिएको बयान गोप्य राखियो

चितवन – गत शनिबार राति रुबेल चौधरीमाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई प्रहरीले सरकारी वकिलको रोहवरमा बयान लिने कार्य सम्पन्न गरेको छ ।


शाहले बयानका क्रममा के भने भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । बयानका क्रममा उनलाई चारजना सरकारी वकिलसँगै राखिएको बताइएको छ ।


प्रहरीकै नाममा आज जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता भएको मुद्दाको प्रकृतिका बारेमा प्रशासनले कुनै जानकारी दिएको छैन ।


साँझ पाँच बजे पोखराबा चितवन ल्याइएका शाहलाई मध्यक्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरमा राखिएको छ ।
पारसले ज्यान मार्ने अभिप्रायले गोली चलाएको हुँदा उनीमाथि मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १५ नम्बर दफाअन्र्तगत कारबाही गरिनुपर्ने नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष गोविन्द सिग्देलले बताउनुभयो ।
उहाँका अनुसार गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्न मार्नका लागि जुनसुकै उद्योग गर्ने मनसायको काम गरेमा कुनै कारणले ज्यान मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र गर्न लगाउने तथा सो ठाउँमा गई वचन दिने वा मद्दत गर्नेलाई पाँच वर्षदेखि १२ वर्षसम्मको कैद गर्न सकिनेछ ।


अधिवक्ता जगन्नाथ भण्डारी पनि कानुनको बर्खिलाफ गर्नेलाई सोहीअनुरुप कारबाही गर्नुपर्ने बताउँदै मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १५ नम्बर अनुसार नै कारबाही गर्नुपर्ने बताउनुहुन्छ । उहाँले मुद्दा दर्ताको प्रकृतिलाई हेरेर भन्न सकिने पनि बताउनुभयो ।


अर्का कानुनविद् कृष्णभक्त पोखरेल कानुनभन्दा माथि कोही पनि नहुने हँुदा नेपाली नागरिकलाई हुने कानुनी कारबाही शाहलाई हुनुपर्ने बताउनुहुन्छ ।


उहाँले शाहसँग हातहतियार राख्न पाउने अनुमति भए नभएको बुझेर कानुनी कारबाही गर्नुपर्ने बताउनुभयो । अहिलेको प्रकृतिलाई हेर्दा ज्यान मार्ने उद्योगसम्बन्धी कारबाही हुनसक्ने पोखरेलको तर्क छ ।


कानुनविद् माधव खनियाँले भने शारीरिक चोटपटक कुनै नदेखिएको हुँदा ज्यान मार्ने उद्योगसम्बन्धी सजायँ नभई सार्वजनिक अपराध ऐनअन्र्तगत कारबाही हुनसक्ने बताउनुभयो ।


उक्त ऐनले कसैमाथि हतियार प्रदर्शन गर्न नपाइने र कसैलाई धम्की, डर र त्रास पनि दिन नहुने व्यवस्था गरेको छ । त्यसको उल्लङ्घन गर्नेलाई प्रहरीले बिनावारेन्ट पक्राउ गर्न सक्नेछ । यो ऐनअन्र्तगत शाहलाई बढीमा दुई वर्षसम्म कैद हुन सक्छ ।


राजनीतिक दलका अधिकांशजसो प्रमुख एवम् प्रतिनिधिले भने शाहलाई कर्तव्य ज्यान मुद्दा लगाउनुपर्ने बताएका छन् । राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भने राष्ट्रियताको सवाल रहेका कारण घटना भएको भन्दै