काठमाडौं – मधेसी जनअधिकार फोरममा विवाद बढ्दै गइरहेका बेला अध्यक्ष उपेन्द्र यादव बुधबार अकस्मात दिल्ली गएका छन् ।
पार्टीभित्र अनेकौं विवादले उग्ररूप लिएपछि उनी दिल्ली हानिएको पार्टी स्रोतले बतायो ।
फोरममा पछिल्लो पटक माओवादीसँग विशेष अधिवेशन बोलाउनेबारे विवाद बढेको थियो । पार्टीले हालै निर्माण गरेको राजनीतिक समितिमा सबै पक्ष नसमेटेको आरोपसमेत असन्तुष्ट पक्षले लगाएको छ ।



