पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा विद्यार्थीले फेरि ताला लगाए

विनोद भण्डारी

 

विराटनगर, पुस २ – पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा विद्यार्थीले शुक्रवार फेरि ताला लगाएका छन् । उक्त कार्यलयमा एक महिनामा तालवन्दी भएको यो चौथो पटक हो ।

तालाबन्दीले पुस ४ र ५ गते देखि हुने चिकित्साशास्त्र संकाय अन्र्तगत विपिएन पहिलो र दोस्रो वर्ष, विपिएच पहिलो, दोस्रो र तेस्रो वर्ष तथा विएससी नर्सिङको पहिलो, दोस्रो र तेस्रो वर्ष, विज्ञान तथा प्रविधि संकायको विई वायोमेडिकलको दोस्रो, चौथो र छैटौ सेमिस्टरका सवै परिक्षा प्रभावीत भएको छ । मंसिर ४ र ५ गते हुने उक्त संकायको परीक्षा नेविसंघले कात्तिक अन्तिम साता गरेको तालाबन्दीका कारण एक महिना पछि सरेको थियो ।

विश्वविद्यालयले शुक्रवार सार्वजनीक गरेको पाँचौ दिक्षान्त समारोह कार्यक्रमको विरुद्धमा तीनजना विद्यार्थी तालावन्दी गरेको वताइएको छ । विश्वविद्यालयले निकट भविष्यमा हुने पाचौ दिक्षान्त समारोहमा सहभागी हुने असार मसान्त भित्रमा आफूले उत्रिण गरेको तहको ट्रान्सकृष्ट लिएर सम्पर्कमा आउन आब्हान गरेको थियो । तर त्यस अवधी भन्दा पछि पनि ट्रान्सकृष्ट लिएका विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिन पाउनु पर्ने माग गर्दै ताला लगाएका हुन ।

सिपी यादव, जितेन्द्र साह लगायतका तीन जना विद्यार्थीले परिक्षा व्यवस्थापन कार्यलयमा ताला लगाएर हिडे । विश्वविद्यालयका अनुसार तालवन्दीले पुस ४ र ५ गते देखि हुने सवै परीक्षाका कागजपत्र थुनिएकाले परीक्षा सञ्चालनमा समस्या भएको छ । शनिवार सम्म ताला नखुले परीक्षा पुन स्थगीत गर्नुपर्ने बाध्यता आउन सक्छ । परिक्षा नियन्त्रक सुशिलकुमार झाले भने शनिवार सम्म कुनैपनि हालतमा ताला खोलाएर परिक्षा सञ्चालन गरेरै छाड्ने विश्वविद्यालय प्रशासनले गरेको छ ।

यसअघि नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र मधेशी विद्यार्थी फोरमले पनि छात्राबृति पारदर्शी गरिनुपर्ने, आर्थिक अनियमितता छानविन गरिनुपर्ने लगायतका माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित सवै निकायमा दुईसाता दुईसाता ताला बन्दी गरेका थिए । उनीहरुले ताला खोलेको भोलिपल्ट फोरम लोकतान्त्रीक र तमलोपा निकट विद्यार्थीले विश्वविद्यालयको कार्यालय विराटनगरमै हुनुपर्ने लगायतका माग राखेर तालावन्दी गरेको थियो । उनीहरुले ताला खेलेको भोलिपल्ट फोरम लोकतान्त्रीक र तमलोपाकै विद्यार्थीले  साता अघि विश्वविद्यालयको केन्दि्रय कार्यलयमा लगाएको ताला मंगलवार खुलेको थियो ।