काठमाडौँ – पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खोटाङको लामिडाँडाबाट काठमाडौँका लागि उडेको तारा एयरको विमान दुर्घटनाका सम्बन्धमा जाँचबुझ गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक मेदिनीप्रसाद शर्माको अध्यक्षतामा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ।
सो आयोगका सदस्यमा नेपाल वायुसेवा निगमका वरिष्ठ चालक क्या रवीन्द्रकुमार शेरचन, निगमका उपनिर्देशक उपेन्द्रलाल श्रेष्ठ र एभिएसन मेडिकल बोर्डका सहसंयोजक डा. रन्जितसिंह बराल रहेका छन्।
तारा एयरको बुधबार दुर्घटनाग्रस्त सो ९एन-एएफएक्स डिएजसी ६/३०० नम्बरको विमानका सम्बन्धमा आयोगलाई ९० दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ।
यसैगरी, एक यात्रुको नाममा टिकट जारी गरी अर्को असम्बन्धित यात्रुलाई उडाउने, मनपरी भाडा असुल गर्ने, यात्रु