मंसिर १२ गते राकाथुम गाविसको मौलातिमा हत्या भएका लामाको शव सिन्धुलीको रातामाटा प्रहरीले सुनकोशी किनारमा फेला पारेको हो । मंसिरको २५ गते शव फेला परे पनि पहिचान नभएकोले प्रहरीले मुचुल्का गरि शव गाडेको थियो ।
शवको खोजी गर्दै रहेका लामका परिवारले वेवारिसे शव गाडिएको जानकारी पाएपछि उत्खनन गरी हेर्दा लामाको शनाखत गरेको गरेका हुन । उत्खनन गरिएको सव सिन्धुली पुर्याएर पोष्टमार्टम गरीएको थियो ।
लामाको शव शुक्रवार काठमाण्डौं लगेर स्वयंभुमा बौद्धिक विधिपूर्वक अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार अघि सवलाई टुडिखेलमा श्रृद्धान्जलिका लागि राखिएको थियो । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललगायत नेता कार्यकर्ताले श्रद्धान्जली दिएका थिए ।
कांग्रेसले लामाको माओवादीवाट हत्या गरेको दाबी गरेको छ । माओवादी पीडित राष्ट्रिय संघर्ष समितिका अध्यक्ष कल्याण वुढाथोकीले शुक्रवार विज्ञप्ति प्रकाशित गरी हत्याको निन्दा गरेका छन् । लामा माओवादी पीडित समितिमा सक्रिय थिए ।
राकाथुम ९ निवासी ६९ वर्षिय लामालाई माओवादीले ७ बर्ष अघि हत्या गर्ने प्रयास गरेका थिए । सेनालाई सुराकी गरेको आरोप लगाउँदै गला सेरेर राकाथुम गाविस ९ मानेसोपको खरवारीमा फ्यालिदिएका लामालाई वटुवाले उद्धार गरी उपचार गराएका थिए । उक्त घटना पछि लामा पहिलो पटक जिल्ला गएका थिए । लामाको परिवार काठमाण्डौंमा वस्दै आएको थियो ।



