मुलुकभर सडक दुर्घट्ना, पानीमा डुवेर तथा आत्महत्या लगायतका बिभिन्न घट्नामा नौ जनाको मृत्यु

– पछिल्लो चौविस घण्टामा मुलुकभर बिभिन्न घट्नामा नौ जनाको मृत्यु भएको छ । मर्नेहरु सडक दुर्घट्ना, पानीमा डुवेर तथा आत्महत्या गर्नेसमेत छन् । मर्नेहरुमा दुई बर्षीय बालिकासमेत रहेका छन् ।  

नवलपरासीको प्रगतिनगर-२ स्थित महेन्द्र राजमार्गमा लु १ त ५०४३ नम्बरको ट्रयाक्टर र ना २ ख ८९८५ नम्बरको बस एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

पुस २ गते राति भएको उक्त दुर्घटनामा दुबै सवारीका चालकसहित ट्रयाक्टरमा सवार नाम, थर, वतन नखुलेका १५  घाइते यात्रुको मध्यविन्दु अस्पताल डण्डा लगिएको थियो ।

यसैगरी सुनसरी जिल्ला हाँसपोसा-२ स्थित कोसी राजमार्गमा को.१ ख २३१७ नम्बरको ट्रकमा को.४ प २६६७ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किदा मोटरसाइकल चालक अञ्चल सशस्त्र प्रहरी गुल्म धरानमा कार्यरत प्रहरी हबल्दार बाबुराम बास्तोलाकी श्रीमती शकुन्तला बास्तोलाको मृत्यु भएको छ ।

शनिबार नै भएको उक्त दुर्घटनामा गम्भीर घाइते शकुन्तलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यस्तै सुनसरी जिल्ला पकली-३ स्थित सडकमा ना.१ ख ८३८५ नम्बरको बसको ठक्करबाट पकली-६ बस्ने  ६४ वषर्ीया भुपा रेग्मीको मृत्यु भएको छ । बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

हुम्लाको थेहे गाविस-८ स्थित च्याङ्गला प्राथमिक विद्यालयको छतबाट खसेर राया-३ बस्ने ४० वर्षीय गिनडो टमटाको मृत्यु भएको छ । उनी पुस २ गते बिहान ११ बजे छतमा काठ मिलाउने क्रममा अचानक खसेका थिए ।

सप्तरीको भारदह-१ स्थित कोसी नदीमा डुबेर मोरङ्ग जिल्ला विराटनगर-६ बस्ने हेमलता शाहकी दुई वर्षीया छोरी पृष्णा शाहको मृत्यु भएको छ ।

नदीको पुलमा आमाछोरी घुम्न आएकोमा छोरी अचानक पानीमा डुबेपछि स्थानीयवासी र प्रहरीको सहयोगमा पानीबाट निकाली उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटैमा हेमलताको मृत्यु भएको थियो ।

यस्तै ललितपुरको इमाडोल-२ स्थित जगतबहादुर थापाका नाति १० वर्षीय रोहन बुढाथोकी उनकै घरको कोठाको सिलिङमा सलको पासो लगाइ झुण्डी मृत्यु भएको अवस्थामा पुस २ गते साँझ ४ बजे फेला परेका छन् ।

यस्तै झापा जिल्ला धरमपुर-५ बस्ने १७ वर्षीय अगिक राई पुस २ गते साँझ साढे ५ बजे आफ्नै घरमा डोरीको पासो लगाइ झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सुर्खेत जिल्ला लाटीकोइली-४ बस्ने ५५ वर्षीय तुलसिंह रोकायाले घरनजिकैको आँपको रुखमा झुण्डिइ आत्महत्या गरेका छन् । बलम्बुस्थित सार्वजनिक स्थलमा ज्यामी काम गर्ने हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय भिमबहादुर लामा पुस २ गते राति पौने ९ बजे मृत अवस्थामा फेला परेका छन् ।

 

यसैगरी रौतहट जिल्ला तहट मलाही-७ बस्ने ६० वर्षीय सोगराती मिया बीरगमपुरस्थित मेला हर्ेन गएको अवस्थामा सोही स्थानमा शनिबार बिहान ३ बजे मृत अवस्थामा फेला परेका छन् ।

 

यी घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । रासस

 

नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु, चौध जना घाइते

यसैगरी नारायणघाट-बुटवल खण्ड अन्तरगत नवलपरासीको प्रगतिनगरमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चौध जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना२ख ८९८५ नम्बरको बसर र विपरित दिशाबाट आएरहेको लु१ त ८५४३ नम्बरको ट्रयाक्टर एकआपसमा ठोक्किदा सो दुघटना भएको थियो ।  

दुर्घटनामा परि कोल्हुवा घर भएका २४ वर्षीया मुना महतोको घटनास्थलमै मृत्यु भएको थियो । यसैबीच कोल्हुवा घर भएका ३२ वर्षीय देवबहादुर महतोको उपचारको क्रममा आज भरतपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।

दुर्घटनामा परि घाइते अन्य चौध जनाको चितवनस्थित भरतपुर मेडिकल कलेजमा र डण्डाको मध्यविन्दु सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस