त्यस अवसरमा ल्यानग्रेनले छोटो अवधिका कारण अनमिनले प्रयोग गर्दै आएको उपकरण लगायतका सामग्री तत्काल हस्तान्तरण गर्न अप्ठ्यारो भएकाले बहिर्गमनको केही समयपछि सहयोगका रुपमा हस्तान्तरण गर्न सकिने बताएकी थिइन्। उनले अनमिन टोली आगामी जनवरी १५ पछि फिर्ता हुने तयारीमा रहेको जानकारी दिँदै बहिर्गमन लगत्तै अनमिनले प्रयोग गरिरहेको भौतिक सामग्रीहरु ऋण सहयोगका रुपमा नेपाल सरकारले प्रयोग गर्न सक्ने र पछि सहयोगका रुपमा हस्तान्तरण गर्न सकिने बताएकी प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जनाएका छन्। जवाफमा प्रधान मन्त्रीले नेपालको शान्ति प्रक्रियामा अनमिनले खेलेको भूमिकाप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट आभार व्यक्त गरेका थिए।
भेटमा पास्कोले सुरक्षा परिषद्मा गरेको ब्रिफिङबारे पनि कुराकानी भएको थियो। पास्कोको भ्रमणमा राजनीतिक दलहरुलाई बिस्तृत शान्ति सम्झौतालाई मुख्य शान्ति प्रक्रिया टुंग्याउन स्मरण गराएको र त्यस सिलसिलामा राजनीतिक दलहरुले सम्झौता बमोजिम नै शान्ति प्रक्रिया टुंग्याउने प्रतिवद्धता जनाएको सम्बन्धमा परिषद्लाई ब्रिफिङ गरिएको प्रधानमन्त्रीलाई अवगत गराएकी थिइन्।



