काभ्रेमा डाबर नेपालले उत्पादन गरेको रियल जुस पिउँदा एकै घरका ५ जना बेहोस

काभ्रे – डाबर नेपालले उत्पादन गरेको रियल जुस पिउँदा एकै घरका ५ जना बेहोस भएका छन् । काभ्रेको शारदा बतासे गाविस ४, नौबिसेफाँटका एकै घरका सासु, बुहारी, दुइ नातिनी बेहोस भएका हुन् । बेहोस हुनेमा पाहुना आएकी एक महिला समेत रहेकी छिन् ।


स्थानीय ३४ वर्षिया पार्वती हुमागाईंले ३ दिन अघि श्रीमानले किनेर ल्याइदिएको रियल जुस पिएकी थिइन् । खेतमा काम गरेर थकाई लाग्यो भन्दै पार्वतीले बुधबार विहान ११ बजेतिर १ लिटरको प्याकबाट एक गिलास जुस  खाएकी उनका पति ध्रुबले बताए । उनका अनुसार जुस खानासाथ पार्वतीले टाउको दुख्यो, रिंगटा लाग्यो भन्ने समस्या बताएकी थिइन् ।