राजनीतिक गतिरोध अन्त्य गर्ने बिषयमा प्रधानमन्त्री नेपाल र माओवादी दाहालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार प्रधानमन्त्री माधबकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राजनीतिक गतिरोध अन्त्य गर्ने बिषयमा भेटवार्ता भएको छ । दुबै नेताबीच संसदको नियमित अधिबेशन, शान्ति र संविधान निश्कर्षा पुर्‍याउने लगायतका बिषयमा छलफल भएको प्रधानमन्त्री नेपालका प्रेस सल्लाहका बिष्णु रिजालले बताए ।

 उनका अनुसार शान्ति, संविधानलगायतका बिषयमा प्याकेजम सहमति खोज्न दुबै नेताले जोड दिएका थिए । ‘शान्ति र संविधान तोकिएको समयमा निश्कर्षा पुर्‍याउन दुबै नेताबीच कुराकानी भयो’ उनले भने, ‘अबको पाँच महिनाभित्र तीन दलले चाहेमा सहमति निकाल्न सकिन्छ भन्ने कुरा भयो ।’

दुई नेताबीच माओवादी, कांग्रेस र एमालेको सहमतिबाट मुलुकले निकास पाउने भन्दै सहमतिमा जोड दिएका थिए । प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष दाहालबीच बालुवाटारमा करिब एक घण्टा भेटवार्ता भएको थियो ।