संखुवासभाका एमाले सभासद् डम्बर बहादुर खड्काको सवारी दुर्घट्नामा परि मृत्यु

काठमाडौ – प्राप्त समाचार अनुसार संखुवासभाका एमाले सभासद् डम्बर बहादुर खड्काको शनिबार राती सवारी दुर्घट्नामा परि मृत्यु भएको छ । उनी स‌विधानसभामा संखुवासभा क्षेत्र न‌‌‌‍ २ बाट जितेका सभासद् हुन् ।


 
प्रहरीका अनुसार भक्तपुरको गट्ठाघर हुदै कोटेश्वरतर्फ आउादै गरेको सभासद् खड्का चढेको बा३८प ९१०९ नम्बरको मोटरसाइकललाई भाडाको यात्रुवाहक वसले कौशलटारमा ठक्कर दिंदा उनको मृत्यु भएको हो ।

ठक्कर दिने वा१ख ६४६५ को बसका चालक प्रहरी नियन्त्रणमा रहेको महानगरीय प्रहरी बृत्त ठिमीका डिएसपी राधिका खड्काले जानकारी दिइन् ।