
प्रधानमन्त्री निवासमा एक कार्यक्रमबीच परराष्ट्रमन्त्री कोइरालाले सभामुख सुवास नेम्वाङ र प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठलाई पनि कुटनीतिक राहदानी प्रदान गरेकी थिइन । त्यस्तै, माइती नेपालीकी अध्यक्ष अनुराधा कोइरालालाई साधारण राहदानी प्रदान गरी सर्वसाधारणका लागि राहदानी वितरण सुरु गरिएको छ । निवासमै पुगेर राष्ट्रपति तथा उपराष्ट्रपतिलाई पनि कुटनीतिक राहदानी प्रदान गर्ने परराष्ट्रले जनाएको छ ।
मन्त्रालयका अनुसार पहिलो दिन आवदेन दिने मध्ये सय जनालाई आजै एमआरपी प्रदान गरिनेछ । विदेशस्थित कुटनीतिक नियोगबाट पनि आजैबाट राहदानी वितरण सुरु गरिनेछ ।
अन्तर्राष्ट्रिय नगरिक उड्डयन संगठनले दिएको अन्तिम समय सीमा भन्दा एक साता अगाडि नै एमआरपी वितरण सुरु गरिएको छ ।



