राजनीतिक सहमति कायम गरी छिटोभन्दा छिटो व्यवस्थापिका-संसद्को नियमित अधिवेशन बोलाउने सत्तारुढ दलको अभिव्यक्तिप्रति माओवादीको आपत्ति

काठमाडौँ – प्रधानमन्त्री माधवकुमार नेपाललाई राजनीतिक सहमति कायम गरी छिटोभन्दा छिटो व्यवस्थापिका-संसद्को नियमित अधिवेशन बोलाउन सत्तारुढ दलका नेताहरुले सुझाव दिएपछि राजनीतिक अन्योलता झनै चुलिने शङ्का माओवादीले गरेको छ। हालै विभिन्न नेताले दिएका सुझावले सहमति उल्लङ्घन भएको पनि उसले जनाएको छ।

 

प्रधान मन्त्री नेपालले शनिबार बालुवाटारमा सत्तारुढ दलका नेताहरुलाई डाकेर संसद्को नियमित अधिवेशन बोलाउनका लागि सुझाव लिने क्रममा विभिन्न राजनीतिक दलका नेताहरुले राजनीतिक सहमति कायम गरेपछि संसद् बोलाउन सुझाव दिएपछि त्यसलाई माओवादीले तीन दलका नेताबीचको सहमतिको उल्लङ्घन भएको ठहर गरेको छ। 

बालुवाटारमा भएको सत्तासाझेदार दलको बैठकमा उपस्थित नेपाली कङग्रेस, नेकपा एमालेलगायत् अन्य राजनीतिक दलका नेताहरुले प्रधान मन्त्री नेपाललाई राजनीतिक सहमति कायम गरेपछिमात्र संसद्को नियमित अधिवेशन छिटोभन्दा छिटो बोलाउन सल्लाह दिएकाले तीन दलका शीर्ष नेताबीचको सहमतिविपरीत भएको माओवादी नेता देव गुरुङ बताउँछन्। 

‘माओवादीद्वारा संसद्को विशेष अधिवेशनमा प्रस्तुत प्रस्ताव फिर्ता लिई अधिवेशन अन्त्य भइसकेको र सरकारले व्यवस्थापिका