बिशेष अदालतद्वारा भ्रष्टाचारको अभियोग लागेका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष लगायत छ जनालाई उपस्थितिको लागि आदेश जारी

काठमाडौ  – भ्रष्टाचारको अभियोग लागेका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंशाकारलगायत छ जनालाई बिशेष अदालतले उपस्थितिको लागि आदेश जारी गरेको छ ।

पाँच करोड ७३ लाख ७५ हजार रुपैयाँ निगमलाई क्षति पुर्याई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग नियन्त्रण आयोगले शुक्रबार उनीहरु बिरु४ बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश शर्मा र केदारप्रसाद चालिसेको इजलासले अभियुक्तहरुलाई १५ दिनभित्र उपस्थित हुन वा वा अवधि नाघेपछि नियमानुसार पेस गर्न आदेश दिएको हो ।

उनीहरूका नाममा आइतवार नै १५ दिनभित्र उक्त अदालतमा उपस्थित हुन समाह्वानको म्याद जारी गरिएको पनि उक्त अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिए ।

निगमका लागि