सुजाता कोइरालाका ज्वाइ रुवेल चोधरीले गैरकानुनी धन्दा गरेकोका कारवाहीको माग गर्दै सर्वोच्चमा परेको मुद्दामा विपक्षीहरुलाई कारण देखाउ आदेश जारी

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार  उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइ रुवेल चोधरीले गैरकानुनी धन्दा गरेकोका कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा विपक्षीहरुलाई कारण देखाउ आदेश जारी गरिएको छ ।

न्यायाधीस भरत उप्रेतीको एकल इजालसले १५ दिनभित्र कारणले पठाउन प्रधानमन्त्री तथा मन्त्रपरिषद् सचिवालयको कार्यालय, उपप्रधान मन्त्री, गृह मन्त्री र प्रहरी महानिरिक्षकको कार्यालयलाई आदेश जारी गरेको हो ।

गत शुक्रबार सिन्धुपाल्चोकका दइन्द्रबहादुर ठकुरीले रुवेल नेपाल टेलीकमको कल वाइपास (भिओआइपी), नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय मिसनको खरिदमा भएको घोटलालगायतका अबैध कार्यमा संलग्न भएको भन्दै कारवाहीको माग गरी मुद्दा दायर गरिएको थियो ।

उनी गत महिना पूर्व युवराज पारस शाहसंगको विवाद पछि चर्चामा आएका हुन् । उनले पारसले आफुलाई गोली प्रहार गरेको आरोप लगाएपछि पारसलाई तीन दिन प्रहरी नियन्त्रणमा राखी चितवन जिल्ला प्रशासन कार्यायलले १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।