नेपालमा सन् २००९ सम्म ६४ हजार व्यक्ति एचआइभी सङ्क्रमित भएको अनुमान

काठमाडौ – नेपालमा सन् २००९ सम्म ६४ हजार व्यक्ति एचआइभी सङ्क्रमित भएको अनुमान छ । सन् २०१० सम्ममा नेपालका १६ हजार ६३७ जनालाई एचआइभी एड्स लागिसकेको छ । तीमध्ये १० हजार ८०९ जना पुरुष छन् भने पाँच हजार ८२८ जना महिला रहेका छन् ।


एसियामा ४० लाख नौ हजार -४.९ मिलियन) जनता एचआइभी सङ्क्रमित भएका छन् । तीमध्ये एक लाख ६० हजार बालबालिका रहेका छन् ।


एचआइभी एड्सकै कारण एसियामा सन् २००९ सम्ममा तीन लाख जनताको मृत्यु भइसकेको छ ।


लागुपदार्थ प्रयोगकर्ता, वैदेशिक रोजगारीमा जाने, समलिङ्गी, यौनव्यवसायी र कारागार गरी पाँचवटा क्षेत्र सबैभन्दा बढी एचआइभी सङ्क्रमण हुने क्षेत्रका रूपमा रहेका छन् ।


एचआइभी एड्स एलाइन्सले आज यहाँ आयोजना गरेको