काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार संसदको सार्वजनिक लेखा समितिले नेपालीलाई प्रवेश गराउने क्यासिनोको अनुमति खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । साथै एक महिना भित्र उठाउन बाँकी राजश्वउठाउन भनेको छ ।
समितिको मंगलबार बसेको बैठकले २०२३ सालदेखि नै नेपालमा खुलेका क्यासिनोहरू व्यवस्थित रुपमा संचालित नभएको भन्दै उनीहरुले तिर्न बाँकी सम्पूर्ण राजश्व एक महिना भित्र असुल गर्न सरकारलाई निर्देशन दिएको हो ।
उक्त अवधिमा रकम नतिरे इजाजत खारेज गर्न समेत समितिले सरकारलाई भनेको छ ।
पर्यटन सचिव किशोर थापासँगको छलफल पछि समितिले मुलुक भर रहेका करिब पाँच सय होटलहरूको अनुगमन प्रभावकारी हुन नसकेको, क्यासिनो नीति नियम बिना नै सञ्चालनमा रहेको निष्कर्ष निकालेको थियो ।
समयमै राजश्व नतिर्दा समेत सरकारले कुनै कारबाही नगरेको प्रति रोष प्रकट गर्दै समितिले नेपालीको प्रवेसमा कढाईका साथ रोक लागउन पनि सरकारलाई निर्देशन दिएको छ । साथै नेपालीले क्यासिनो प्रवेश गरेको पाईए अनुमति खारेज गर्न समेत निर्देशन दिएको छ ।
समितिले आगामी दिनमा होटल सञ्चालन गर्न अनुमति दिंदा स्तर निर्धारण गर्न समेत सरकारलाई सुझाव दिएको छ ।



