राजविराज – प्राप्त समाचार अनुसार अज्ञात हतियारधारीहरुको एक समूहले मंगलबार साँझ पौने ८ बजे सप्तरीमा एक सर्वसाधारणलाई गोली हानी हत्या गरेको छ । सप्तरीको बोरिया गाविस ३ का ५० वर्षीय हरिनारायण देवको गोली हानी हत्या भएको हो । राजविराजबाट घरतर्फ जाँदै गरेको देवलाई घर नजिकै रहेको हतियारधारी समूहले दुई राउण्ड गोली प्रहारी गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतक शवलाई पोष्टमार्टमकालागि अहिले राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।