धनकुटा – प्राप्त समाचार अनुसार कामचलाऊ शान्ति तथा पुर्न निर्माण मंत्री रकम चेम्जोङ्गले अनमिनको समय थप्नुको औचित्य समाप्त भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल धनकुटाले बुधबार बिहान सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् । अनमिनले उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेका कारण शान्ति प्रक्रियाको सम्वन्धमा उपलब्धी हुन नसेको उनको तर्क थियो । अनमिनको म्याद समाप्त हुनु अगाडि नै माओवादी सेना विशेष समितिको नियन्त्रणमा अनिवार्य रुपमा पौष मसान्त सम्ममा आउनु पर्ने वताउदै उनले माओवादी सेना विशेष समितिको नियन्त्रणमा आए पछि मात्र समायोजन र पुर्नस्थापना कार्य अगाडि बढ्न सक्ने वताए ।
प्रमुख राजनीतिक दलहरुबीच सहमति नभए सम्म शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अगाडि बढ्न नसक्ने वताउदै उनले सहमतिका लागि पहल भैरहेकाले पौष मसान्त भित्रमा मुलुकले निकास पाउने बताए ।
उनले शान्ति प्रक्रिया संविधान निर्माणका प्रमुख बाधक माओवादी रहेकाले माओवादी सेनाको समायोजन र पुर्नस्थापना नभएसम्म माओवादीसंग सहकार्य हुन नसक्ने बताए ।



