कास्की – प्राप्त समाचार अनुसार जथाभावी सवारी चलाउने गर्दा पश्चिमाञ्चलमा सवारी दुर्घटना बढ्दै गएको छ । भर्खर सरुवा भएर आएका पश्चिम क्षेत्री प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्याललले बुधबार पत्रकार भेटघाट कार्यक्रममा कम उमेरमा लाइसेन्स लिने र जथाभावी मोटरसाइकल चलाउने युवाका कारण दुघटना बढ्दै गएको बताए ।
उनका अनुसार पश्चिमाञ्चलमा ०६५/०६६ मा ७ सय ३४ सवारी दुर्घटना भएकोमा आर्थिक वर्ष ०६६/०६७ मा त्यो संख्या बढेर १ हजार ७ सय ३४ पुगेको उनले जानकारी दिए । उनले ट्राफिक नियम उल्ल्घन गर्नेबाट ०६७/०६८मा ५७ लाख २३ हजार रुपैयाँ राजश्व संकलन भएको जानकारी दिए ।



