काङ्ग्रेस सभापति सुशील कोइरालाद्धारा एमालेभित्र रामचन्द्र पौडेलको पक्षमा समर्थन जुटाउन केपी शर्मा ओलीलाई आग्रह

काठमाडौ – प्राप्त समाचार अनुसार  नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले नेकपा एमालेभित्र रामचन्द्र पौडेलको पक्षमा समर्थन जुटाउन एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।


एमाले नेता ओलीलाई आज विहान आफ्नै निवास महाराजगन्जमा बोलाई सभापति कोइरालाले पौडेललाई प्रधानमन्त्रीमा निर्वाचित गर्न एमालेको सहयोग माग्नु भएको हो ।


झण्डै एक घण्टा चलेको भेटवार्तामा कोइराला र ओलीबीच माओवादी-एमाले गठबन्धनमा सरकार बन्नै नदिने तथा माओवादीलाई सरकारको नेतृत्व दिनैपर्ने भए पहिले सेना समायोजन तथा व्यवस्थापन गर्नुपर्ने सहमति भएको स्रोतले जनाएको छ ।


जवाफमा ओलीले प्रजातान्त्रिक शक्तिहरुबीचको गठबन्धन भित्रैबाट नयाँ सरकार गठन गर्ने पक्षमा एमाले रहेको दावी गर्दै पौडेलको पक्षमा समर्थन जुटाउने आश्वासन दिनुभएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका लागि माओवादीलाई समर्थन गर्ने की काङ्ग्रेसलाई भन्नेमा एमाले भित्र विवाद छ ।