काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराईमाथि आफूले कारबाही प्रस्ताव नगरेको बताएका छन् । पार्टी उच्च नेताहरुको उपस्थितिमा आइतबार राजधानीमा भएको कार्यक्रममा उनले नेता भट्टराईलाई देब्रे छेउमा राखेर ‘पार्टी कुनै अमुक कमरेडमाथि कारबाही प्रस्ताव नगरेको’ बताएका हुन् ।
माओवादी विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को नया नेतृत्वले आयोजना गरेको चियापानलाई संक्षिप्त सम्बोधन गर्दै उनले स्थायी समिति वैठकमा यस्तो प्रस्तावनै नगएको खुलाए । ‘कारबाही बारेको प्रचारबाजी सही होइन’, दाहालले सम्बोधनमा भने, ‘कम्युनिष्ट पार्टीभित्र हुने वैचारिक छलफलको अस्वभाविक प्रचारबाजी भयो । पार्टीलाई कसरी अगाडि लाने र वर्तमान समस्या समाधान कसरी समाधान गर्ने भन्ने बारे छलफल भएको हो । कारबाहीको प्रस्ताव राखिएको होइन ।’
कम्युनिष्ट पार्टी संस्थापक सदस्य नरबहादुर कर्माचार्य, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश, अमिक शेरचन, वर्षमान पुन अनन्त लगायत नेता कार्यक्रममा उपस्थित थिए । कम्युनिष्टहरु छलफलबाट रुपान्तरण हुदै एकता र संर्घषमार्फत नयाँ विचारको निर्माण गर्दै अघि बढ्ने भएकाले वैठकमा त्यसै विषयमा बहस भएको दाहालले बताए ।
‘अहिले हाम्रो पार्टी नेताका जीवन आम बहसको विषय भएको छ’, उनले भने, ‘पार्टी सानत्त हुँदा केही थिएन । ठूलो हुदै गएपछि भूमिगत कालमै पनि प्रतिक्रियावादीहरुले माओवादी नेता आपसमै मार्नै लागे, कन्चटमा पेस्तोल तेर्स्याए भनेकै हुन् । हामी मिलेर अघि बढिरहृयौ



