बर्हिगमनमा परेका पूर्व माओवादी लडाकुहरुद्बारा आफूहरुलाई तत्काल समायोजन वा सम्मानजनक पुनर्स्थापना नगरिए युद्धमा जानसक्ने चेतावनी

डडेल्धुरा – संचारमाध्यमहरुले जनाए अनुसार एकीकृत नेकपा माओवादी लडाकुबाट बर्हिगमनमा परेका पूर्व लडाकुहरुले आफूहरुलाई तत्काल समायोजन वा सम्मानजनक पुनर्स्थापना नगरिए युद्धमा जानसक्ने चेतावनी दिएका छन् ।


अयोग्यताको विल्ला भिराएर सरकारले आफूहरुको अपमान गरेको आरोप लगाउदै पूर्व लडाकुहरुले माघ १ गतेपछि युद्धमा जान सक्ने चेतावनी दिएका हुन् ।


सातौ डिभिजनवाट बहिर्गमनमा परेका पूर्व माओवादी लडाकुहरुले बुधबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गरि अयोग्य ठहराईएका लडाकुहरुलाई माघ १ गतेसम्म सुरक्षा निकायमा समायोजन वा उचित प्याकेज सहितको सम्मानजनक पुर्नस्थापना नगरिए जे पनि गर्न सक्ने चेतावनी दिएका छन् ।