भारतको नयाँदिल्ली गएका माओवादी उपाध्यक्ष बाबुराम भट्टराई भेटघाटमा ब्यस्त

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार भारतमा हुने नेपालसम्बन्धी एक सम्मेलनमा भाग लिन बुधबार बिहान नयाँदिल्ली गएका माओवादी उपाध्यक्ष बाबुराम भट्टराई भेटघाटमा ब्यस्त भएका छन् ।

भट्टराईले बुधबार साँझ भारतीय विदेश सचिव निरुपमा रावसँग भेट गरेका छन् । भट्टराईले वित्तमन्त्री प्रणव मुखर्जी र पूर्व विदेश सचिव शिवशंकर मेननसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।