काठमाडौ – नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राष्ट्रसङ्घीय आयोग अनमिनको म्याद नथपिनुको दोष एनेकपा (माओवादी)ले एमाले र काँग्रेसलाई लगाउनुको कुनै आधार नभएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् आफैँले अनमिन फिर्ता जाने निर्णय गरेको र माओवादीसहितका दलहरूको सहमतिमा पछिल्लो चोटि अनमिनको म्याद थपिएकाले काँग्रेस-एमालेलाई दोष लगाउने आधार नभएको नेता पौडेलको भनाई थियो ।