मधेसी जनअधिकार फोरम कार्यकर्ताले आक्रमण गरेको भन्दै-आक्रमणस्थल वीरगन्जमै पत्रकार सम्मेलन गर्दै विशाल सभाका साथमा राजमोको जनअभियान द्वारा अन्तरकृया सम्पन्न/घटनाको सर्वत्र बिरोध

काठमाडौं  – राष्ट्रिय जनअभियान कार्यक्रम चलिरहँदा वीरगन्जमा बिहीबार आफ्ना सभासद रश्मिराज नेपालीलगायतलाई मधेसी जनअधिकार फोरम कार्यकर्ताले आक्रमण गरेको भन्दै राष्ट्रिय जनमोर्चाले भर्त्सना गरेको छ ।

 

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमार्फत वीरगन्ज घण्टाघरमा भइरहेको सभालाई उपाध्यक्ष बद्रे आलमले सम्बोधन गरिरहेका बेला फोरम कार्यकर्ताले अराजक शैलीमा आएर सभासद नेपालीलाई आक्रमण गर्नुका साथै राष्ट्रिय झन्डा र ब्यानर च्यात्दै माइक, कुर्सी र टेबुलहरू तोडफोड गरेको बताएका छन् । ‘फोरमका कार्यकर्ताको त्यस्तो अराजक र अलोकतान्त्रिक क्रियाकलापको हामी भर्त्सना गर्छौं,’ विज्ञप्तिमा छ ।

 

जनमोर्चाले गणतन्त्र, शान्ति र राष्ट्रियताका पक्षमा तथा संघीयताका विरुद्धमा गत पुस १० देखि देशव्यापी राष्ट्रिय जनअभियान सञ्चालन गरिरहेको छ ।

 


आक्रमणस्थल वीरगन्जमै पत्रकार सम्मेलन गर्दै विशाल सभाका साथमा राजमोको जनअभियान द्वारा अन्तरकृया सम्पन्न


काठमाडौं पौष २२ – ‘राष्ट्रिय जनअभियान