राष्ट्रपति यादवलाई कुवेत सरकारका तर्फबाट औपचारिक भ्रमणको निम्तो / अनमिन प्रमुख करिन काठमाडौं आईपुगेन

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार राष्ट्रपति डा.रामवरण यादवलाई कुवेत सरकारका तर्फबाट फेब्रुअरीको अन्त्यमा पर्ने राष्ट्रिय दिवस एवं खाडी युद्ध टुंगिएको बीसौं वाषिर्कोत्सवका अवसरमा औपचारिक भ्रमणको निम्तो आएको छ ।

फेब्रुअरी २५ मा राष्ट्रिय दिवसका अवसरमा विश्वभरका विशिष्ट पाहुनालाई आमन्त्रण गरिने क्रममा राष्ट्रपति यादवलाई बोलाइएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । त्यसअघि जनवरी अन्त्यमा भारतको कोलकाता र दिल्लीको भ्रमणमा जाने राष्ट्रपतिको कार्यक्रम छ ।

अनमिन प्रमुख करिन काठमाडौं आईपुगेन , प्रतिवेदनबारे स्पष्ट पार्ने

आफ्नो कार्यकालको अन्तिम प्रतिवेदन सुरक्षापरिषद्मा पेस गरेर अनमिन प्रमुख करिन लनग्रेन औपचारिक बिदाइका लागि आइतबार राति काठमाडौं आईपुगेकी छन ।

राष्ट्रसंघीय महासचिव वान कि मुनको विशेष प्रतिनिधिका रूपमा बुरुन्डीका लागि नियुक्त भइसकेकी लनग्रेन माघ २ गते काठमाडौंबाट न्युयोर्क फिर्ता हुँदैछिन् । फिर्नुअघि उनले राष्ट्रपति, प्रधानमन्त्रीसहितका प्रमुख पदाधिकारीलाई भेटघाट गर्ने भएकी छिन् । आफूले सुरक्षापरिषद्मा पेस गरेको नेपाल प्रतिवेदन विवादमा परेपछि आएलगत्तै उनले पत्रकार सम्मेलन गरी त्यसबारे स्पष्ट पार्ने भएकी छिन् ।