दाङमा अज्ञात समुह द्वारा गएराती बम विष्फोट,बाँकेमा बम निष्कृय

दाङका उद्योगी दिनेश डाँगीको घर बाहिर अज्ञात समुहले बम बिष्फोट गराएको छ । तुलसीपुर नगरपालीका वडा नम्बर ९ दोघरे निबासी उद्योगी डाँगीको घरबाहिर गएराती बम बिष्फोट भएको हो ।


बम बिष्फोटबाट कुनै क्षति नभएको मंगलबार बिहान घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक जिबन बुढाथोकीले जानकारी दिनुभयो । चन्दा माग्दै हिड्ने र नदिए कारर्बाही गर्ने धम्की दिने समुहले नै बम बिष्फोट गराएको हुन सक्ने आशंका गरिएको छ ।


डाँगीले सिमेन्ट उद्योग सञ्चालन तथा लामो समयदेखि कोईला र चुन ढुङ्गाको ठेकेदारको काम गर्दै आउनु भएको छ ।


यसैबिच बाँकेको गनापुरमा जय मङ्गलम सिमेन्ट कारखानाको गेट अगाडी मंगलबार बिहान टाइम बम फेला परेको छ । प्रहरी चौकीको नजिकै रहेको कारखानाको मुख्य गेट अगाडी सिमेन्टको बोरामा टिफिन बक्स भित्र राखिएको अवस्थामा बम भेटिएको हो ।


कारखानाका कर्मचारीहरुले मंगलबार विहान बम देखेर प्रहरीलाई खबर गरेपछि नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्कृय पारेको छ ।


बाकेमा भएको सो घटनाको तराई जनतान्त्रिक मधेश मुक्ति मोर्चाले बम राखेको जिम्मा लिएको छ ।