अनमिन प्रमुखद्वारा संविधान र शान्ति प्रक्रियाले अनमिनको अनुपस्थितिमा पनि यसले निश्कर्ष पाउने विश्वास व्यक्त

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार  अनमिन प्रमुख करिन लनग्रेन र सभामुख सुवास नेम्बाङबीच भेटवार्ता भएको छ ।

बुधबार  सभामुख कार्यकक्षमा भएको भेटमा अनमिन जानु अघि अन्तिम विदाईका लागि ल्यानग्रेनले सभामुखसँग भेट गरेकी हुन् ।

भेटमा लनग्रेनले संविधान र शान्ति प्रक्रियाले  अनमिनको अनुपस्थितिमा पनि यसले निश्कर्ष पाउने विश्वास व्यक्त गरिन् । जवाफमा नेम्बाङले शान्ति र संविधानका लागि अनमिनको भूमिका प्रति धन्यवाद प्रकट गरे ।

नेम्बाङले  अनमिन बन्द पछिको अवस्थामा पनि सहयोगको अपेक्षा रहेको बताए । अनमिनको म्याद तीन दिन पछि सकिदैंछ ।