काठमाडौँ – एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा.बाबुराम भट्टराई फर्केको एक साता नबित्दै फेरि भारत प्रस्थान गरेका छन। भारतको मुम्बईमा आयोजना हुने एक विचार गोष्ठीमा भाग लिन उहाँ त्यसतर्फ गएका उनका सहयोगी विश्वदीप पाण्डेले बताएका छन।
उपाध्यक्ष डा.भट्टराई सो गोष्ठीमा प्रमुख वक्ताका रुपमा गएका हुन र सो अवसरमा उनले राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ ।
यस अघि उपाध्यक्ष डा.भट्टराई नयाँदिल्लीस्थित विवेकानन्द इन्टरनेसनल फाउन्डेसनद्वारा यही पुस २२ र २३ गते आयोजित एक कार्यक्रममा भाग लिएर फर्केका थिए। त्यो कार्यक्रममा प्रचण्ड पनि जान लागेका भए पनि अन्तिम समयमा उनले भ्रमण रद्द गरेका थिए।