प्रधानमन्त्री निर्वाचन सम्वन्धित ब्यवस्था संशोधन गर्नका लागि पाँच सदस्यिय उपसमिति गठन

काठमाडौ – प्राप्त समाचार अनुसार  व्यवस्थापिका संसदको कार्य व्यवस्था परामर्श समितिले नियमावलीको प्रधानमन्त्री निर्वाचन सम्वन्धित ब्यवस्था संशोधन गर्नका लागि पाँच सदस्यिय उपसमिति गठन गरेको छ ।

कार्य व्यवस्था परामर्श समितिको बिहीबार दिउँसो बसेको बैठकले माओवादीका एकराज भण्डारी, कङग्रेसका राधेश्याम अधिकारी, एमालेका अग्नी खरेल, सद्‍भावनाका अनिल झा र जनता दलका गायत्री साह रहेको समिति गठन गरेको हो । समितिलाई बिहीबारै दिउसो बस्ने संसदको बैठकले उपसमितिलाई अनुमोदन गर्दैछ । उपसमितिले माघ ३ गते बस्ने संसदको बैठकमा पेश गर्ने गरी संशोधन प्रस्ताव तयार पर्नेछ ।

कानुन मन्त्री प्रेमबहादुर सिंहका अनुसार कार्यव्यवस्था समितिले प्रधानमन्त्री निर्वाचनको नयाँ प्रकृया भएकाले सुरुमा नियमावलीको धारा ३८ (१) अनुसार राष्ट्रपतिबाट सहमतिको सरकार निर्माणको आहवान हुने सहमति भएको छ ।

उपसमितिले नियमावलीमा रहेको तटस्थ बस्न पाइने र एक जना मात्र उम्मेदवार रहेपनि बहुमत नल्याएसम्म चुनाव गराइ रहनुपर्ने व्वस्थामा संशोधन गर्नेछ । यि दुई व्यवस्थाका कारण १६ पटकसम्मको निर्वाचनमासमेत मुलुकले प्रधानमन्त्री पाउन सकेको थिएन ।