पश्चिम पाल्पाको छहरामा तुषारोमा कठाङ्ग्रीएर एक वृद्धको मृत्यु

पाल्पा – प्राप्त समाचार अनुसार  पश्चिम पाल्पाको छहरामा तुषारोमा कठाङ्ग्रीएर एक वृद्धको मृत्यु भएको छ । छहरा-७ का ७० वर्षीय गोविन्दबहादुर रायमाझीलको रातीको कठाङ्ग्रीदो तुषारोले ज्यान गएको हो ।

छोरीको घरमा गएर फर्किदै गरेका रायमाझी मादक पदार्थ सेवन गरेका थिए । गिट्टीमा चिप्लीएर हिड्न नसकी सुतेको र अत्यधिक चिसोले मृत्यु भएको प्रहरीले जनाएको छ । रायमाझी सुतेको स्थानमा सेतै तुषारो परेको र देख्ने जान्नेले पनि मादक पदार्थ बढी सेवन गर्ने बताएको प्रहरीले जनाएको छ ।