काठमाडौ – प्राप्त समाचार अनुसार परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामवरण यादवको दस दिने भारत भ्रमणको कार्यतालिका तयार पारेको छ ।
कोलकातास्थित आफूले पढेको मेडिकल कलेजको वाषिर्कोत्सवमा सहभागी हुन जाने क्रममा राष्ट्रपति यादवले दिल्लीसमेत भ्रमण गर्नेछन् ।
दिल्लीमा उनले भारतीय राष्ट्रपति, प्रधानमन्त्रीसहितका विशिष्ट अधिकारीलाई भेट्ने कार्यक्रम छ । राष्ट्रपतिका साथ शिष्टाचार महापाल मुक्तिनाथ भट्टसहित १२ भन्दा बढी पदाधिकारी रहनेछन् ।