राष्ट्रपति रामवरण यादवद्बारा माघे सक्रान्तिको अवसरमा शीतल निवासमा २८ दलका शीर्ष नेतालाई भोजको आयोजना

काठमाडौं, माघ १ – प्राप्त समाचार अनुसार राष्ट्रपति रामवरण यादवले माघे सक्रान्तिको अवसरमा शीतल निवासमा २८ दलका शीर्ष नेतालाई भोज खुवान निम्ता गरेका छन्।

 

राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको भोजमा राष्ट्रपतिले दलका नेतासँग राजनीतिक परामर्श समेत गर्ने सम्भावना छ।

 

भोजपछि शनिबारै साँझ संविधानको धारा ३८ (१) अनुसार सहमतिय सरकार निर्माणका लागि राष्ट्रपतिले आह्वान गर्नसक्ने राष्ट्रपतिको सचिवालय स्रोतले बताएको छ। धारा ३८ (१) अनुसार यसअघि असारमा सुरु भएको प्रधानमन्त्री निर्वाचनको परिणाम बिहीन प्रक्रियाले एक चक्र पूरा गर्दा समेत प्रधानमन्त्रीको चयन हुन नसकेपछि संविधानको सोही व्यवस्था अनुसार नयाँ प्रक्रिया थाल्न लागिएको हो।