
नेवाः र ताम्सालिङ राज्य समितिको सोमबार भृकुटीमण्डपमा सुरु प्रशिक्षणमा उपाध्यक्ष बाबुराम भट्टराईलाई फरक मत राख्न नदिइएपछि विवाद बढेको हो । भट्टराईले प्रशिक्षण कार्यक्रम बहिष्कार गरेका थिए । विवाद मिलाउन स्थायी समितिको बैठक बसेको थियो । विवाद बारे थप छलफल गरी सामाधान निकाल्न बुधबार पोलिट ब्यूरोको तथा बिहीबार केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता दीनानाथ शर्माले बताए ।
सरकारले भारतबाट नेपाली सेनाका लागि हतियार ल्याउन लागेकोप्रति माओवादीले अपत्ति जनाएको छ । अनमिनको बर्हिगमनसंगै हतियार ल्याउने तयारी गरिनु शान्ति सम्झौता विपरीत रहेको शर्माले बताए ।



