प्रधानमन्त्री निर्वाचन सम्बन्धमा संशोधन गर्न लागेको नियमावलीमा कुरा निमलेपछि संसदको बैठक दोस्रोदिन पनि स्थागित

काठमाडौबाट प्राप्त समाचार अनुसार प्रधानमन्त्री निर्वाचन सम्बन्धमा संशोधन गर्न लागेको संसद नियमावलीमा कुरा निमलेपछि संसदको बैठक मंगलबार दोस्रोदिन पनि स्थागित भएको छ ।

नियमावली संशोधन उपसमितिमा रहेका माओवादी, कांग्रेस र एमालेका सदस्यहरु बीच कुरा निमलेपछि सोमबारको बैठक पनि स्थागित गरिएको थियो ।

प्रधानमन्त्रीको निर्वाचनलाई परिणाम मुखी बनाउने भन्दै नियमावली संशोधनको प्रस्ताव तयार पार्नका लागि उपसमिति गठन गरिएको थियो । प्रस्ताव नआएका कारण संसदको बैठकबाटै बुधबार ३ बजेसम्मका लागि बैठक स्थागित गरिएको हो ।


उपसमिति माओवादीका एकराज भण्डारी, कांग्रेसका राधेश्याम अधिकारी, एमालेका अग्नि खरेल, सद्‍भावनाका अनिल झा र जनता दलका गायत्री साह रहेका छन् । उनीहरु बीच आ