कांग्रेस नेताद्बारा पार्टी भातृसंस्था नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति विघटनको तयारीप्रति आपत्ति प्रकट

काठमाडौ – काठमाडौबाट प्राप्त समाचार अनुसार कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति विघटनको तयारीप्रति आपत्ति प्रकट गरेका छन ।

पार्टी केन्द्रीय कार्यसमितीले मात्र भातृसंस्था विगठन गर्न सक्ने उनले बताए । नेता केसीले कसैको लहड र एकांकी निर्णयमा संघ विघटन हुन नसक्ने उल्लेख गरे ।

अधिवेशनका लागि संघ विघटन गर्नुपर्ने माग राख्दै केही विद्यार्थी नेताले नेतृत्वलाई दबाव दिएका छन् । विघटन माग राख्नेमा देउवा पक्षीय सदस्यहरु छन । पार्टीमा नेविसंघ समस्या समाधान गर्नेबारे कुनैपनि समिति नबनेको उनले बताए । सभापति सुशिल कोइरालाले संघको समस्या समाधान गर्न महामन्त्री प्रकाशमान सिंहलाई जिम्मा दिएको बताएका थिए ।