नेपाल भ्रमणमा आएकी भारतीय विदेश सचिव निरुपमा रावले सचिवस्तरीय बैठकमा नेपाल-भारत सुपर्दगी सन्धिमा हस्ताक्षर गर्न दबाब दिएकी छन्। सन्धिको ड्राफ्टमा इनिसियल (प्रारम्भिक हस्ताक्षर) गरेको चार वर्ष बितिसक्दा पनि अन्तिम रुप दिन नेपालले आलटाले गरेको आरोपसमेत भारतले
लगाएको छ।
मंगलबार काठमाडौंमा सम्पन्न दुई देशबीचको सचिवस्तरीय बैठकमा भारतीय पक्षले सन्धिको डा्रफ्टमा प्रारम्भिक हस्ताक्षर भइसकेकोले पछि हट्न नहुने जनाउँदै नेपाललाई छिटो हस्ताक्षर गर्ने वातावरण मिलाउन दबाब दिएको थियो।
चार सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार नेपाल आएकी भारतीय विदेश सचिव निरुपमा रावले सुपर्दगी सन्धि र पारस्परिक कानुनी सहायताका मुद्दालाई उच्च प्राथमिकताका साथ बैठकको प्रारम्भमै उठाएकी थिइन्।



