न्यायाधीश बममाथि लगाइएको महाअभियोग प्रस्ताव संसदमा/दलहरु बमलाई कारबाही गर्न सहमत
सर्बोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि लगाइएको महाअभियोग प्रस्ताव संसदमा लगिने भएको छ । सिंहदरबारमा बुधबार विहान बसेको मुख्य तीन दलको बैठकमा न्यायाधीश बम माथिको महाअभियोग प्रस्ताव संसदमा लगेर कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको हो ।
न्यायपरिषदले भ्रष्टाचारको अभियोगमा बमलाई कारबाहीको सिफारिस गरेको थियो ।
बैठकमा संसद नियमावली संसोधन प्रस्तावमा भने सहमति जुट्न सकेन । बैठकमा मुख्य तीन दलका सचेतकहरुको पनि सहभागिता थियो ।



