संविधानका विवादित विषय टुङ्गो लगाउन संवैधानिक समितिलाई सकृय पार्न दलहरु सहमत भएका छन् । दलहरुको यो सहमतिसँगै संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको संयुक्त बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
सिंहदरबारमा बुधबार विहान बसेको २८ दलको बैठकले वैधानिक संयन्त्र भएकोले संवैधानिक समितिलाई नै क्रियाशील बनाउन उचित हुने निर्णय गरेको हो ।
नियमावली संसोधनपछि संविधानका विवादित विषयमा छलफल गर्न नियमित रुपमा संवैधानिक समितिको बैठक बस्ने नेताहरुले जानकारी दिएका छन् ।
आजको बैठकमा व्यवस्थापकीय अंगको स्वरुप निर्धारणमा छलफल भए पनि सहमति भने हुन सकेन । दलहरुबीच कति बर्षमा बालिग मताधिकार पाउने, केन्द्रमा कति सदन रहने, सदनको नाम के राख्नेलगायत विषयमा मतभेद छ ।



