काठमाडौं – समाचारहरुमा जनाइए अनुसार सहमतीय सरकारका निम्ति राष्ट्रपतिले दिएको समयभित्र दलहरू सफल नभए संसद्को पुरानै नियमावलीअनुरूप निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।
प्रधानमन्त्री निर्वाचन प्रक्रिया परिणाममुखी बनाउन हुन लागेको संसद्को नियमावली संशोधन प्रस्तावमा माओवादी, कांग्रेस र एमालेबीच सहमति जुट्न सकेको छैन । उनीहरूबीच सहमति भई शुक्रबारसम्म नियमावली संशोधन नभए पुरानै विधिबाट सरकार गठन प्रक्रिया अघि बढाउने जनाउ सभामुखले दलका नेताहरूलाई दिएका छन् ।



