हिमालपारीको जिल्ला मुस्ताङमा एक सातादेखि सुरु भएको हिमपातसँगै हवाई सेवा पनि प्रभावित

पर्वत – प्राप्त समाचार अनुसार हिमालपारीको जिल्ला मुस्ताङमा एक सातादेखि सुरु भएको हिमपातसँगै हवाई सेवा पनि प्रभावित बनेको छ ।

हिमपात सँगैको हावाहुरीले गर्दा चारदिनदेखि मुस्ताङमा हवाई सेवा सुचारु हुन सकेको छैन । दैनिक पाँच उडान हुने गरेपनि खराब मौसमकाकारण नियमित उडान हुन नसकेको मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रसाद पाण्डेले बताए । पाण्डेका अनुसार विहानीपख मुस्ताङको मौसम सफा हुने गरेपनि पोखरामा बाक्लो कुहिरो लाग्ने गरेकाले उडान हुन नसकेको हो ।

हवाई सेवा बन्द भएपछि मुस्ताङबाट यातायात मार्फत सर्बसाधरण आवतजावत गर्न बाध्य बनेका छन् । मुस्ताङ आउने यात्रु पोखरा विमानस्थलमा अलपत्र परेको पनि निमित्त प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । उक्त विमानस्थलमा तारा, अग्नी र एनएले नियमित उडान भर्दै आएका छन् ।

मुस्ताङमा हिमपातसंगै बढेको अत्यधिक चिसोकारकाण सर्बसाधरणको चहपहलमा समेत कमी आएको छ । माथिल्लो मुस्ताङ ( -७ ) डिग्री सेल्सीयस जाडो रहेको निमित्त प्रमुख पाण्डेले बताए । हिमपात संगैको चिसोले गर्दा कार्यालयहरु पनि सुनसान बन्ने गरेका छन् ।

सेवाग्राही नआउंदा कार्यालय प्रमुखहरु कार्यालय रुगेर बस्न बाध्य बनेका हुन् ।  पर्यटकको आगनमा समेत कमी आएको छ । होटलहरु सञ्चालनमा आएपनि ग्राहक नआउँदा व्यवसायीहरु मर्कामा परेका छन ।

यस्तै पर्वतमा पनि केही दिनदेखि बढेको चिसोले गर्दा जनजीवन प्रभावित बनेको छ । चिसोले गर्दा सर्बसाधरणको चहलपहलमा समेत कमी आएको छ ।