प्रहरी प्रधान कार्यालय काठमाडौमा कार्यररत नायव उपरीक्षकद्बारा कञ्चटमा गोली हानेर आत्महत्या

काठमाडौ – काठमाडौंबाट प्राप्त समाचार अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यररत एक नायव उपरीक्षक (डिएसपी)ले शनिबार साँझ आत्महत्या गरेका छन् । प्रधान कार्यालयको बिशेष कार्यदलमा कार्यररत डिएसपी कञ्चन थापाले आफ्नो पेस्तोलबाट कञ्चटमा गोली हानेर आत्महत्या गरेको प्रधान कार्यालयका प्रवक्ता डिआइजिपी नवराज ढकालले बताए ।

प्रहरी भित्र राम्रा प्रहरी अधिकृतको छबि बनाएका डिएसपी थापा बसुन्धराको सिर्जनसिल टोलमा भाडाको फ्याल्टमा बस्दै आएका थिए । उनको शरिरलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।